Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठक सुरु, अध्यादेश आज निर्णयार्थ पेस नहुने


    बिहिबार, माघ २४ २०८१
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, प्रतिनिधिसभा र राष्ट्रियसभामा आज अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस नहुने भएको छ । सरकारले ल्याएको ६ वटा अभ्यादेश आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा पेस गर्ने तयारी थियो ।

    यसअघि माघ १८ गते बसेको बैठकमा ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदले ५० र राष्ट्रियसभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए । १ बजेका लागि बोलाइएको बोलाइएको बैठक भर्खरै सुरु भएको छ ।

    कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका छन् । उनले अर्को दिन अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची राख्न आग्रह गरेका थिए ।

    राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा पनि कानुन मन्त्रीले अध्यादेश स्वीकृतिका लागि बिहीबार निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए । सत्तारूढ नेकपा एमालेकी सचेतक भगवती न्यौपानेले आजको बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार