Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्पतालमा विरामी कुरुवा बसेका राना शौचालयमा मृत भेटिए


    बिहिबार, माघ २४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – धनगढीको नोभा हस्पिटलको शौचालयमा एक जना बिरामी कुरुवा मृत फेला परेका छन् । बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।

    १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

    शौचालय गएका उनी धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार