काठमाडौं – जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकले सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर आज औपचारिक निर्णय गर्नेछ । त्यसअघि अध्यादेश सुझाव कार्यदल संयोजक राजकिशोर यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउँनेछन् ।
सरकारले ल्याएका ६ अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर जसपा नेपालले मुख खोलेको छैन । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा अध्यादेश जारी गरेका थिए ।
अध्यादेशलाई संघीय संसदका दुवै सदनले पास नगरे निष्कृय हुने भएकाले सत्ता पक्षले राष्ट्रिय सभामा निर्णायक देखिएको जसपा नेपालको साथ खोजेको छ ।
अध्यादेशको विपक्षमा रहेका दलहरुले पनि जसपा नेपालका अध्यक्ष यादवसँग छलफल गरेका छन् । ती अध्यादेशबारे प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend