Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासतमा पठाइयो


    बुधबार, माघ २३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन – चितवन जिल्ला अदालतमा वहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । साहारा चितवन सहकारी ठगी आरोपमा जारी थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

    चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा आजै बयान सकेर थुनछेक बसह सुरु गरेको थियो । आज वहस नसकिएपछि न्यायाधिस ढकालले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

    जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।

    साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस सकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार