काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भई नसकेको बताएका छन्।
पोखरामा बुधबार पत्रकारहरूसँग कुरा गर्दै २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने थापाको भनाइ छ।
‘म अहिले काँग्रेसको महामन्त्री छु, मेरो जिम्मेवारी भनेको १५ औँ महाधिवेशनसम्म पार्टीका सबै काम गरेर सफलतापूर्वक आउँदो महाधिवेशन गराउने हो,’ थापाले भने, ‘त्यो जिम्मेवारीमा म केन्द्रित छु। अहिले नै १५ औँ महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु। महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन।’
काँग्रेस विधानअनुसार अबको १० महिनापछि महाधिवेशन गर्नुपर्ने हुन्छ। २०७८ मंसिरमा महाधिवेशन भएकोले चार वर्षपछि २०८२ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने हो। तर काँग्रेसमा सभापतिलाई विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्ने विधानले नै व्यवस्था गरिदिएकोले यसअघि पनि यो अधिकार सभापतिले प्रयोग गर्ने गरेका थिए।
महामन्त्री थापाले समयमै महाधिवेशन हुने बताइरहेका छन्। काँग्रेसले चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायलाई परिपत्रसमेत गरिसकेको छ।
फरक प्रसंगमा महामन्त्री थापाले आफू पार्टीभित्र कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हुन चाहेको बताएका छन्। ‘म नेपाली काँग्रेसमा कुनै गुट होइन, सिङ्गो काँग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ,’ महामन्त्री थापाले भने।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend