Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ – वर्षमान पुन


    बुधबार, माघ २३ २०८१
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन् ।

    प्रेस सेन्टर कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले दुई ठूला दल मिलेर गठबन्धन सरकार चलाइरहेका कारण माओवादी प्रतिपक्षमै बस्ने बताए । ‘हामीले वामपन्थी मिल्नुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुनले भने, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुई पटक धोका दिइसक्नुभएको छ । उहाँबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ ।’

    नेकपा विभाजनपछि नयाँ समीकरण बनिसकेको अवस्थामा स्वयं ओलीले नै अध्यक्ष प्रचण्डलाई ६ महिनासम्म लगातार भेटेर तत्कालीन समयमा सरकारको नेतृत्व हस्तान्तरण नगर्नु गल्ती थियो भनेर स्वीकार गरेको बताए ।

    ओलीकै आग्रहअनुसार कोर्स करेक्सन गरेर पुनः सरकार निर्माण गर्न गठबन्धन गरिएको उनको भनाइ थियो । तर, ओलीले प्रचण्डबाट आफूले ठूलो धोका पाएको भन्दै वामपन्थी गठबन्धनका नाममा प्रतिशोध साँधेको उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार