Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला टी–२० आई शृंखला: नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य


    बुधबार, माघ २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – त्रिदेशीय महिला टी–२० आई शृंखलाअन्तरगत आजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि पूजा महतोले ६२ रन बनाइन् ।

    सुधारिएको ब्याटिङ गर्दै नेपाली महिला टिमले त्रिवि मैदानमा अहिलेसम्मको आफ्नो उच्च स्कोर बनाएको हो । ७ रनमा दुई विकेट गुमाएपश्चात कप्तान इन्दु बर्मा र पूजा महतोले नेपाललाई कमब्याक गराएका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दुले ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

    पाँचौं नम्बरमा आएकी रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन् । उनले ३ चौका प्रहार गरिन् । पूजाले ५१ बलको सामना गर्दा ५ चौका हानिन् । कविता जोशीले ६ बलमा एक छक्कासहित ७ रन बनाइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार