Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै न्यायाधिवक्तामाथि छानबिन सुरु


    बुधबार, माघ २३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा संगठित अपराधमा उन्मुक्ति दिएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ । जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनबाट तत्काल महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो ।

    सरकारी वकिलको कार्यालयले मंगलबार सहारा बचत तथा ऋण सहकारीको रकम अपचलनसम्वन्धी मुद्दामा रवि लामिछानेसहित १५ जनामाथि पूरक अभियोजन दर्ता गरेको थियो । उक्त अभियोजनमा लामिछानेलाई ‘संगठित अपराध’ हटाएर ठगीको कसुरमात्र लगाएको छ ।

    यही विषयमा लुइँटेललाई मंगलबार नै चितवनबाट तानेर छानबिन सुरु गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता एवं प्रवक्ता सूर्यराज दाहालले बताए । उनका अनुसार नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

    मंगलबार नै गठित छानविन समितिमा उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् । समितिले छानविनको काम थालेको छ । छानबिनबाट प्राप्त हुने तथ्यअनुसार थप प्रक्रिया अघि बढ्ने प्रवक्ता दाहालको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार