Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायलका राष्ट्रपतिसँग नेपाली राजदूतले गरे विपिन जोशीबारे छलफल


    बुधबार, माघ २३ २०८१
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् । राजदूत पण्डितले मंगलबार अपराह्न त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।

    संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको बताएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

    गएको २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिक किबुज अलुमिममा रहेको बंकरमा १६ नेपाली थिए ।

    तीमध्ये १० जना मारिएका थिए भने एक जना विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो । चौधरीसहित इजरायलमा रहेका विद्याथीहरुलाई पछि सरकारले उद्दार गरेर विशेष विमानमार्फत काठमाडौं ल्याएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार