Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविलाई उन्मुक्ति दिएको भन्दै चितवनका जिल्ला न्यायाधीवक्ता लुइँटेलको सरुवा


    बुधबार, माघ २३ २०८१
    525
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ ।

    रविविरुद्ध मुद्धा दर्ता भएकै दिन मंगलबार लुइँटेलाई सरुवा गरिएको हो । लुइँटेललाई महान्यायाधीवक्ताको कार्यालयमा तानेर उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधीवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको छ।

    मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा ३२ जनाविरुद्ध अभियोजन गर्दा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको मुद्दा चलाएको थियो । तर, अन्यलाई भने ठगीमा मात्रै मुद्दा चलाइएको छ ।

    गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाउँदा प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलाई भने ठगीको मुद्दामात्रै चलाएको थियो । जिल्ला प्रहरीले भने रविलाई दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

    सरकारी वकिलको कार्यालय चितवनले रवि लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्नेबाहेक संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा नचलाएको बताएको छ । साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार