काठमाडौं – झापाको कनकाई नगरपालिका-४ भित्री सडकखण्ड कुमरखोदबाट ब्राउनसुगरसहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ साढे ६ बजे कुमरखोदबाट सुरुङ्गातर्फ दुई जना लागुऔषध कारोबारी आउँदै गरेको सूचनाका आधारमा चेकजँच गर्दा बिहारका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई नियन्त्रणमा लिएको हो ।
उक्त सूचना पछ्याउन लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली विशेष चेकजाँचका लागि उक्त सडकखण्डमा परिचालन भयो। उक्त टोलीले बिआर३७एए ८४९८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोक्न खोजेको थियो ।
तर उनीहरुले मोटरसाइकलको गति बढाएर चेकजाँचमा खटिएका प्रहरीलाई लडाउँदै भागे। यसपछि उनलाई रोक्न प्रहरीले पेस्तोलबाट ४ राउन्ड हवाई फायर गर्यो। ‘हवाई फायर गर्दासमेत नरोकिकन भागेपछि गोली हानेर नियन्त्रणमा लिएको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
केसीका असार अन्जारको देब्रे घुँडामुनि एक राउन्ड गोली प्रहार गरेपछि मोटरसाइकलसहित उनी ढले। त्यसपछि दुबै दाजुभाइलाई पक्राउ गरियो। अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। युसुबलाई प्रहरीले हिरासत लिएको छ।
प्रहरी उपरीक्षक केसीका अनुसार अन्जारको साथबाट प्रतिबनन्धित लागुऔषध ब्राउनसुगर ३० ग्राम ६९० मिलिग्राम फेला परेको छ।bउनीहरुले लामो समयदेखि भारतबाट नेपालमा ब्राउनसुगर ल्याएर बेच्ने गरेको अनुमान प्रहरीको छ। ‘अहिले विस्तृत विवरणबारे अनुसन्धान भइरहेको छ,’ केसीले भने।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend