काठमाडौं – झापाको कनकाई नगरपालिका-४ भित्री सडकखण्ड कुमरखोदबाट ब्राउनसुगरसहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ साढे ६ बजे कुमरखोदबाट सुरुङ्गातर्फ दुई जना लागुऔषध कारोबारी आउँदै गरेको सूचनाका आधारमा चेकजँच गर्दा बिहारका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई नियन्त्रणमा लिएको हो ।
उक्त सूचना पछ्याउन लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली विशेष चेकजाँचका लागि उक्त सडकखण्डमा परिचालन भयो। उक्त टोलीले बिआर३७एए ८४९८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोक्न खोजेको थियो ।
तर उनीहरुले मोटरसाइकलको गति बढाएर चेकजाँचमा खटिएका प्रहरीलाई लडाउँदै भागे। यसपछि उनलाई रोक्न प्रहरीले पेस्तोलबाट ४ राउन्ड हवाई फायर गर्यो। ‘हवाई फायर गर्दासमेत नरोकिकन भागेपछि गोली हानेर नियन्त्रणमा लिएको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
केसीका असार अन्जारको देब्रे घुँडामुनि एक राउन्ड गोली प्रहार गरेपछि मोटरसाइकलसहित उनी ढले। त्यसपछि दुबै दाजुभाइलाई पक्राउ गरियो। अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। युसुबलाई प्रहरीले हिरासत लिएको छ।
प्रहरी उपरीक्षक केसीका अनुसार अन्जारको साथबाट प्रतिबनन्धित लागुऔषध ब्राउनसुगर ३० ग्राम ६९० मिलिग्राम फेला परेको छ।bउनीहरुले लामो समयदेखि भारतबाट नेपालमा ब्राउनसुगर ल्याएर बेच्ने गरेको अनुमान प्रहरीको छ। ‘अहिले विस्तृत विवरणबारे अनुसन्धान भइरहेको छ,’ केसीले भने।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend