Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टेलिकमका २०१ जना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक, एक महिनाको तलब थप


    मंगलबार, माघ २२ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल टेलिकमले २१ औं वार्षिकोत्सवका अवसरमा २०१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक वितरण गरेको छ । टेलिकमले आज ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक वितरण गरेको हो ।

    दीर्घ सेवा पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।

    स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरुलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको तलब दिइएको नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले बताए ।

    पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको उनले बताए । पदक पाउने कर्मचारीहरु २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरु छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार