काठमाडौँ – काठमाडौंमा जारी त्रिदेशिय महिला टी-२० आइ शृंखलामा थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा भइरहेको खेलमा थाइल्याण्डले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०६ रन बनाएको हो ।
थाइल्याण्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे। दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्याण्डले सय रन कटाएको थियो। त्यसअघि नेपालले थाइल्याण्डको १२ ओभरभित्र ६ विकेट लिएको थियो भने थाइल्याण्डले ५६ रन जोडेको थियो।
नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १८ रन दिइन्। डेब्यू खेलाडी रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट हात पार्न सफल भइन् ।
सिरिजमा नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ। नेपालले नेदरल्यान्ड्ससँग दुई खेल तथा थाइल्यान्डसँग एक खेल गुमाइसकेको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend