Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतकी राजकुमारी काठमाडौँमा


    मंगलबार, माघ २२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौँ आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।

    उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् । केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ ।

    नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ। उनीहरूको नेपाल भ्रमण युवा सशक्तीकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ। ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार