काठमाडौं – आज माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण संघर्ष समितिको बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । पाथिभरामा केबुलकार निर्माण गर्न लागेको भन्दै बिरोधमा उत्रिएको समुहलाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुहरूलाई अधिकार दिनु पर्नेमा जोड गरेको हो ।
‘यो देश लिम्बुको हो कि होइन रु हो भने सार्बभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वात्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन। आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुदैन, मानव अधिकार पनि हुदैन्,’ उनले भने, ‘अहिले केवलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर सरकार वार्ताको नौटंकी गर्दैछ। यसरी तर्साएर डराएर धम्काएर वार्ता हुदैन।’
दमन गर्ने, गोलि हान्ने जस्तो कार्य राज्य सधै गर्दै आएको जनाउँदै छुट्टाछुट्टै लडदा दमन गर्ने भएकाले मिलेर लडनु पर्ने उनको जोड रहेको छ । केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक परेको उनको जोड थियो ।
‘उपरोक्त सवाल केवलकार वा रोजिरोटीसँग सम्बन्धित सवाल मात्रै होइन, यो बैचारिक दार्शनिक सवाल पनि हो । सम्पुर्ण बिजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिन्छ,’ उनले भने, ‘त्यसैले मधेसी आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको छ।’
मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पारेको उनको भनाइ छ । ‘अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ, नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ,’ उनले भने, ‘अब लिम्बू एक्लै छैन, उसँग मधेस पनि उभिएको छ। एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोछे हुन्छ अब इटको जवाफ पत्थरले दिइने छ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend