काठमाडौं – प्रेस चौतारी नेपाल धनकुटा र सङ्खुवासभाका अधिवेशन सम्पन्न भएका छन् । दुवै जिल्लामा आइतबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
प्रेस चौतारी नेपाल धनकुटाको १० औँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट नारायण राईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको अधिवेशनको उद्घाटन कार्यक्रममा दुई जना पत्रकारसमेत सम्मानित भएका छन् ।कार्यक्रममा पत्रकार सोभिस चेम्जोङ र बलराम दाहाललाई पुरस्कृत सहित सम्मान गरिएको हो ।
जिल्लाका अध्यक्ष रविन कट्टेलले चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष शिव आङ्ला, प्रेस चौतारी नेपालका उपाध्यक्ष सुमन पुरी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसै गरी प्रेस चौतारी नेपाल सङ्खुवासभाको छैटौँ जिल्ला अधिवेशनले जनक चापागाईँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

उपाध्यक्षमा दिव्याकुमारी राई, सचिवमा रमा चाम्लिङ र सहसचिवमा देशन राई निर्वाचित भएका छन् । अधिवेशनबाट कोषाध्यक्षमा कल्पना सुवेदी पौडेल निर्वाचित भएकी छन् । अधिवेशनबाट सदस्यमा सुमिता याक्खा, प्रकाश तामाङ, स्वस्तिका राई, मर्कुस राई, कञ्चन राई, विकास बिक, मङ्गल मेवाहाङ र मोतीराम भण्डारी निर्वाचित भएका छन् ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गङ्गा विष्ट, प्रेमप्रसाद निरौला र यमुना गुरागाईँलाई चुनेको छ । प्रदेश प्रतिनिधिमा दुर्गाबहादुर कटुवाल, समीक्षा मगर लगायत निर्वाचित गरेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend