कास्की । कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ ।
सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्छन्।
कास्की प्रहरीले भने यसरी चर्को आवाजमा मोटरसाइकल चलाउनेमाथि धमाधम कारबाही थालेको छ।
प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने त्यस्ता ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
माघ १४ देखि थालिएको उक्त अभियानमा आइतबारसम्ममा ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए।
प्रहरीले चलाएको अभियानमा नियन्त्रणमा परेका अधिकांश मोटरसाइकल बुलेट रहेका छन्। बुलेट मोटरसाइकलको साइलेन्सर पाइपमा स्वरुप परिवर्तन गरेर रबरको पाइप लगाएर आतंक मच्चाउँदै हिँडेको पाइएको छ।
उनका अनुसार ती मोटरसाइकल आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको छ ।
आफ्नो सवारीसाधन निर्वाध सञ्चालन गर्न पाउनु व्यक्तिको अधिकार भए पनि सामाजिक सु-व्यवस्थामा खलल पुर्याउने कार्य भएपछि न्यूनीकरण गर्न यस्तो अभियान चलाइएको शर्माले बताए।
प्रहरीले चर्को आवाजमा ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर सूचना दिन अनुरोध गरेको छ।
यो अभियानमा पटक-पटक ध्वनी प्रदुषण गरेको पाइएमा कुनै कसुर आकर्षित गरी कारबाही थाल्ने प्रहरीको योजना छ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend