काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्ने बताएका छन्।
शुक्रबार पदभार ग्रहण गरेका बस्नेतले उपत्यकाका तीन जिल्लामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रणमा आफू नेतृत्वको कार्यालयले आक्रामक कारबाही थालिसकेको बताए।
यसक्रममा प्रहरीले शनिबार राति ललितपुरबाट २४ जना अनलाइन जुवा खेलाउने समूहलाई पक्राउ गरेको छ। उनीहरूले एक अर्ब बढीको अनलाइन जुवा खेलाएको प्रहरीको प्रारम्भिक अनुमान छ।
बस्नेतले संगठनको लक्ष्य, नीति र कार्यसम्पादन सम्झौताअनुसार आफूले कार्य गर्ने बताए। ‘जघन्य किसिमका अपराध मात्रै नभएर काठमाडौंमा ठगी, लुटपाट, आर्थिक अपराधसमेत हुने गरेको छ,’ बस्नेतले भने, ‘कुनै पनि किसिमका अपराध नियन्त्रणमा हामी विमुख बन्दैनौं।’ राजधानीमा आर्थिक अपराध अत्यधिक हुने गरेको छ।
क्रिप्टो करेन्सीको कारोबार, हुन्डी, अनलाइन जुवालगायतका आर्थिक अपराध हुने गरेका छन्।यसबाहेक काठमाडौंमा हुने गरेको गुन्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए। ‘गुन्डागर्दीको पहिलेको स्थिति र अहिलेको अवस्था मूल्यांकन गरेर कार्यनीति बनाउँछु,’ बस्नेतले भने, ‘काठमाडौंमा गुन्डागर्दी गर्नेहरूमाथि प्रहरी नजर सदैव छ, त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौं।’
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत कार्य गरेकाले आफूलाई राजधानीमा हुने गरेका आपराधिक गतिविधिबारे जानकारी रहेको बताए। बस्नेतले यसअघि जनकपुर, पर्साजस्ता चुनौतीपूर्ण जिल्लाको कमाण्ड सम्हालिसकेका थिए। ‘अहिले सूचना संकलनमा छौं, केही विशेष अपरेसन चलाउने अवस्था देखिएको छ,’ बस्नेतले भने, ‘प्रहरीलाई निर्धक्क साथ सूचना दिन अनुरोध गर्दछु।’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend