Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३८ वटा मानव खप्परसहित एकजना पक्राउ


    आइतबार, माघ २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर – मानव कंकालसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगर–१७ का विनोद रायलाई मानव कंकालसहित आज पक्राउ गरेको हो ।

    बिहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गर्दा डिउटीमा खटिएको टोलीले पक्राउ गरेको सीमामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

    उनका अनुसार ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टाको हड्डी बरामद गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार