Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीमा भोलि सार्वजनिक बिदा


    आइतबार, माघ २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

    प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।

    लुम्बिनीमा माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवसको रूपमा मनाउँदै आइएकोमा गत वर्षदेखि दुई वटा दिवसलाई एकै दिन माघ २१ मा मनाउन थालिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार