Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता


    आइतबार, माघ २० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम – आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

    प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह विरुद्द बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

    रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।

    साहसहित आजपा महासचिव त्रिभुवन साहलाई पनि विपक्षी बनाइएको छ । महासचिव साहले अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको आरोप नगरप्रमुख यादवको छ ।

    नगरप्रमुख यादवमाथि सर्वदलीय सर्वपक्षीय सहमतिमा नगरपालिकाले बाटो खाली गराउने क्रममा आफूमाथि एक्कासी हमला गरी कुटपिट अभद्र व्यवहार तथा गालीगलौज भएको थियो । उक्त व्यवहार गर्ने गंगाराम बैठाविरुद्ध मेयर यादवले उजुरी दिएका थिए । अदालतले बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएपछि सांसद साहले अदालतविरुद्ध टिप्पणी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार