Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व संकलन


    आइतबार, माघ २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जुम्ला – जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ६७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

    निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु। १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स) सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार र सवारी साधन करतर्फ २६ लाख ६६ हजार राजस्व संकलन भएको छ ।

    यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार