धनगढी । भीमदत्त नगरपालिकाका कांग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन्।
कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक मृत फेला परेका थिए।
गृहमन्त्री लेखकले कलौनीका बुवा जनकराजसँग भेट गरेका छन्। गृहमन्त्रीसँगको भेटकका क्रममा जनकराजले छोराको हत्या भएको आशंका गरेका छन।
उनले गृहमन्त्रीसँग भने, ‘घटना कतै भएको हो। यता फालेको हो कि भन्ने शँका छ। नाम तोक्ने त कसको तोक्ने। राति ३ बजे हिँडेर आएको छ। कसैले मार्नको लागि बोलाएको हो कि ?’
लेखकसँग उनले छोराको शव फेला परेको स्थानको घर लामो समयदेखि खाली रहेको बताए। घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने उनले आशंका गरेका हुन्।
उनको शरीरमा शीत नरहेको र छोराले प्रयोग गर्ने मोबाइल फेला नपरेकाले थप आशंका उत्पन्न भएको उनले बताए।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend