काठमाडौं । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय पाथीभरामा केवलकार निर्माण रोक्नको लागिअभियन्ताहरुले आन्दोलनजारी राखेका छन्। तर, राज्यले बल प्रयोग गरेको र आन्दोलनकारीमाथि गोलीचलाएको घटना यतिबेला चर्चामा छ। घाइतेहरुको काठमाडौं त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ। यो संघर्ष समिति भने हिजोमात्रै गठन गरिएको पत्रकार विश्व लिम्बुले जानकारी दिए ।
आज (शनिबार) संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पाथीभराको महिमाबारे प्रकाश पार्दै सम्पदा मास्ने कार्य स्वीकार्य नभएको चेतावनी दिएको हो । संघर्ष समितिका काठमाडौंका संयोजक नेपाली सेनाका अवकाशप्राप्त उपरथी अनन्तबहादुर थेबेले पाथीभरा (मुक्कुम्लुङ) किराँत, हिन्दू र बौद्धमार्गीहरुको साझा धार्मिकस्थल रहेको बताएका छन् ।
उनले भने,‘अहिलेको द्वन्द्व भनेको पाथीभरामा केवलकार निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा छ। खास मुद्दा पेचिलो र गहिरो छ। स्थानीय रैथाने आदिवासी जनजातिको संवेदना, परम्परादेखि सनातनदेखि मानिआएको आस्था र विश्वासकोबीचमा केही लोभीपापी र स्वार्थहरुको द्रव्यपिशाचको स्वार्थको द्वन्द्व हो । पवित्र स्थानलाई मौलिक रुपमा राख्नुपर्छ। पवित्र रुपमा राख्नुपर्छ। सर्वसाधारण नागरिकलाई आवातजावातमा बाटोको पहुँच बनाउनुपर्छ। पाथीभरामा केवलकार लगेपछि पवित्रतामाआँच पुग्छ भन्ने हो। कतिपय मान्छेले यो गलत काम भएको प्रति बोल्न सकेका छैनन् । सरकारले बन्दुकको नालको त्रास देखाएर अनि राज्य सत्ताको दुरुपयोग गरेर त्रास देखाइएको छ। यो बोल्नसक्ने वा नसक्नेबीचको पनि द्वन्द्व हो ।’
उनले मुन्धुममा नै मुक्कुलुङको चर्चा रहेको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्वभएको सम्झाए । उनले भने,‘इतिहास जित्नेले लेख्नेछ। रचना गर्छ। हाम्रो देशको हकमा पनि त्यही नै भएको छ। २ सय वर्ष मुक्कुम्लुङमा थियो। सनातनकालदेखि थियो। मुन्धुममा मुक्कुम्लुङको चर्चा र व्याख्या छ। अहिले सिलसिलेबार ढंगले आक्रमण हुनथालेको छ। अहिले समय परिवर्तन भएको छ। चन्द्रागिरीमा धर्मलाई व्यवसायीकरण गरियो। पाथीभरा भनेको अनादिकालदेखि नै छ। चन्द्रागिरी र पाथीभरा तुलना गर्न नै मिल्दैन । पाथीभरामा अहिले केवलकारको कुरा पैसाको लागिआमा बेचेसरह हो । धर्मलाई व्यापारीकरण गर्ने कुरा हामीलाई सह्य छैन् । किमार्थ मान्य छैन ।’
उनले सरकारले जनताको चाहनाविपरित परियोजना अघि बढाउन नहुनेतर्फ ध्यानाकार्षण गराए। उनले भने,‘पाथीभराजस्तो पवित्रस्थलमा सशस्त्र क्याम्प राखेको छ। बिनाशर्त त्यहाँबाट क्याम्प फिर्ता लिनुपर्छ। त्यहाँ विद्रोह, विरोध र आन्दोलन गरिरहेका नागरिक यो देशको स्वतन्त्र नागरिक हुन् । अहिलेको मितिबाट केवलकार निर्माण गर्ने कार्य रोक्नुपर्छ । जनताको हितविपरीत कार्य हो। विकास भनेको नै केवलकार भन्ने भाष्य बनाइयो। विमानस्थल चार महिना पनि चल्दैन। बाटो बिग्रिएको छ। व्यापारीको स्वार्थ पूरा गर्नको लागि केवलकार केवलकार भनिएको छ । बन्दुकको गोली लागेर उपचार गराइरहनुभएको छ, तीनजनाले । उनीहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।’
धर्मिक स्थलमा सशस्त्रप्रहरी बल राख्ने दुनियाँको कहाँ हुन्छ भन्दै उनले प्रश्न गरे। उनले भने,‘पाथीभरामा केवलकार पुग्यो भने कति अपवित्र होला ? दुर्लभ पशुपन्छीलाई कति असहज भएको होला ? केवलकारले पाथीभराको विकास होइन, विनास गर्छ। तिर्थाटनस्थलको रुपमा होइन, क्रिडास्थल र मनोरञ्जनस्थलको रुपमा विकास गर्छ । पाथीभराको मौलिकता जोगाउनुपर्छ। पवित्रता जोगाउनुपर्छ। केवलकार पुग्यो भने थोरै मात्रैलाई फाइदा हुन्छ। अधिकांशलाई नोक्सानी हुन्छ। पाथीभराको महिमा, गौरव जस्तो छ, त्यस्तै हुनुपर्छ।’
स्थानीय सरोकारवाला तथा समाजसेवी सलमान थलाङले विकासको नाममा पाथीभराको सभ्यता मास्नेगरि सह्य हुनै नसक्ने सुरुवात भएको भन्दै यथाशिघ्र परियोजना बन्द गर्न चेतावनी दिए । उनले भने, ‘हामी चुप लागेर बस्दैनौं। अहिले पनि पाथीभरामा केवलकार बन्नहुँदैन भन्ने ९९ प्रतिशतको धारणा छ। केवलकार बन्नुहुँदैन भन्ने नै आवाज छ। एकजना व्यापारीले र राज्यले दमन गरेर यदि केवलकार बनाइयो भने भोलि त्यहाँ द्धन्द्ध निम्तिन सक्छ । चन्द्र ढकालजी तपाईं जिम्मा लिनुहुन्छ ? विकासको नाममा नौटंकी नगर्नुहोस् ।’
किराँत याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष तथा समाजसेवी डम्बरबहादुर तुम्बाहाङ्फे मुक्कुम्लुङ मुन्धुमभित्र परेको उल्लेख गर्दै पाथीभरा सबैको धर्मस्थल भएको सम्झाए । उनले भने,‘मुक्कुम्लुङ त लिम्बुको त शीर हो। त्यहाँ बदमासी भयो भने लिम्बुले छोड्दैन । कोठेवारीजस्तो विकास गर्न मिल्दैन् । त्यहाँ कुनै पनि हालतमा केवलकार बन्नुहुँदैन । यदि त्यहाँ भोलि ज्यान तलमाथि भयो भने ताप्लेजुङको सांसदले जिम्मा लिनुपर्छ ।’
अधिवक्ता थाईन्द्र आङबोहाङले पाथीभरामा स्थानीयको अधिकार रहने भन्दै स्थानीयहरुको स्विकृतिबिना कुनै संरचना बनाउन र भत्काउन नमिल्ने टिप्पणी गरे । उनले भने,‘संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रता दिएको छ । केवलकार निर्माण कार्य खारेज हुनुपर्छ । धार्मिक सम्पदा बचाउनुपर्छ ।’
गायिका झुमा लिम्बुले विकासको नाममा सभ्यता मास्ने कुरा स्विकार्य नहुने र मनपरी गर्न नपाउने बताइन् । उनले भनिन्–‘त्यो ठाउँ त हाम्रो पुस्ताले बचाएको हो। मनपरी गर्न मिल्दैन । व्यापारीको काँधमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने काम नगर्नुहोस। चन्द्र ढकाल भनेको व्यापारी हो। त्यो क्षेत्रको सांसदले बुझ्नुपर्छ, माटोको माया लाग्छ भने लाजलाग्दो राजनीति नगर्नुहोस् ।’
अधिवक्ता हरिचन्द्र भट्टराईले ताप्लेजुङमाअहिले राज्यले गरेको व्यवहार मानवअधिकारको हिसाबले गलत भएको टिप्पणी गरे । उनले भने,‘राज्य त्यसै भाग्न पाउँदैन । पाथीभरा भनेको हाम्रो सभ्यता हो । धरोहर हो । यसमाथि कसैले धावा बोल्नुहुँदैन । जनताको भावनाविपरितका परियोजना ब्याक हुनुपर्छ । विकासको अधिकारभन्दा पनि मानवअधिकार पहिले हुन्छ । जनतामाथि राज्यले सांघातिक हमला र बुट बजाउन पाउँदैन ।’
पूर्व मिस नेपाल माल्भिका सुब्बाले मुन्धुम आफूहरुको सभ्यता भएको र आफूहरु प्रकृतिपूजक भएको भन्दै पाथीभरामा केवलकार बनाउन नहुने धारणा राखिन् । उनले भनिन्, ‘हामी त प्रकृतिपूजक हौं। रुख, बोटबिरुवा हो पुज्छौं । मुक्कुम्लुङ हाम्रो पवित्र स्थलहो । विकास कस्तो हो ? संस्कृति मास्न मिल्छ ? हामी केवलकार चाहँदैनौं । बरु त्यहाँ बाटो बनाऊँ ।ताप्लेजुङमा बाटो बनाइदिनुहोस् । शिक्षा बनाउनुहोस्। अझै पनि गरिबी छ। हाम्रो कला, संस्कृति मासिने डर छ । केवलकार बन्नुहुँदैन ।’
यस्तै, निर्देशक नवीन सुब्बाले ताप्लेजुङमा केवलकार बनाउननहुने धारणा राखे । उनले भने,‘अहिले जे काम भैरहेको छ, हाम्रो शीर टेक्ने काम भैरहेको छ । विकासको नाममा हाम्रोआस्था प्रभावित भएको छ। हाम्रो लागि त केवलकार बन्नु भनेको हिन्दू धर्म मान्नेहरुलाई गाईको मासु खाउ भनेसरह हो । विकासको नाममा धरोहर भत्काउनहुँदैन । विकासले समाज फुटाउने कुरा स्विकार्य हुँदैन । बरु, जोड्ने कुरा हुनुपर्छ। सरकारको अहिलेको व्यवहारले राष्ट्रलाई द्वन्द्वमा धकेलिरहेको छ। केवलकार बनिनुहुँदैन । त्यसबाट सेना, प्रहरी, सशस्त्र निकालिनुपर्छ । ताप्लेजुङलाई शान्त रुपमा रहन दिनुपर्छ ।’
वातावरण संरक्षणविद् बाबुकृष्ण कार्कीले जनतालाई दिएको सम्पत्तिमा राज्य जानु भनेको गलत भएको टिप्पणी गरे । सर्वोच्चअदालतले समेत निरंकुक्ष, आरक्षण क्षेत्रमा सडक, केवलकार लैजान मिल्दैन भनेको कुरा उनले स्मरण गराए । उनले भने,‘यो केवलकार खारेजीको फैसला हो । केवलकार मिसनमा व्यापारीलाई बोकेर नेपाली सेना हिँडेको छैन । मौलाकालिकामा ८ किलोमिटरसम्म सालको रुख काटिएको छ। यिनीहरुले भोलि पाथीभरालाई नांगो बनाउनेछन् । केवलकार आयो भने डिजास्टर हुन्छ। मैले त केवलकार बनाउने कुरालाई एटम बम भनेको छु ।’
वरिष्ठ पत्रकार भवानी बराललेअहिले माफियाको काँधमा चढेर मान्छेले गलत काम गरिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘ती मान्छेले पैसाबाहेक केही देख्दैनन् । आस्था र विश्वासमाथि प्रहार गर्नु गलत हो। केवलकार देखिसकेका छौं । केवलकार बनाउँदा समृद्धि आउँछ भन्ने कुरा हावा कुरा हो । माफियाले आफू मोटाउनको लागि मात्रै केवलकार भनेको हो । ताप्लेजङको विकासमा कुनै प्रभाव पर्दैन । व्यक्ति पोस्ने काम हो । एकमात्रै सूत्र केवलकार खारेजी हुनुपर्छ ।’ राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले समेत आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम सञ्चालक पत्रकार विश्व लिम्बुले पनि पाथीभरामा केवलकार बनाउने कुरा मान्य नभएको भन्दै ऐक्यबद्धता जनाए ।उनले ‘क बाट केवलकार, ख बाट खारेज, सरकार छातीमा गोली ठोकेर हाम्रो अस्तित्वलाई ढाल्न सक्दैनौं’ भन्ने नारासहित यही माघ २१ गते सोमबार दिउँसो १२ः३० बजे माइतीघर मण्डलमा कार्यक्रम राखिएको भन्दै भेला हुनआग्रह गरे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend