Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिकोणात्मक टी-२० शृंखलामा नेपालको दोस्रो हार


    शनिबार, माघ १९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – किर्तीपुरका टियु मैदानमा जारी जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी(२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

    शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार