बागलुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन् ।
बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । साथै उनले सार्वजनिक निजी क्षेत्र साझेदारीबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
मन्त्री पाण्डेले लगानीको वातावरण सरकार लागिपरेको उल्लेख गर्दै अधिकभन्दा अधिक पर्यटक भित्र्याउन पर्याप्त भौतिक पूर्वाधार आवश्यक भएको बताए । पर्यटकीय पूर्वाधार निर्माणका निम्ति सरकारले निजी क्षेत्रलाई सहयोग गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमा लगानी प्रोत्साहन तथा रोजगारी सृजनालाई प्राथमिकता दिएर आफू त्यसमा निरन्तर लागिरहेको बताए । आइएमई ग्रुपका अध्यक्षसमेत रहेका उनले पर्यटन र जलविद्युत् क्षेत्रमा हुने लगानीले राष्ट्रलाई समृद्धिको मार्गमा उन्मुख गराउने बताए । अध्यक्ष ढकालको ३० करोडको लगानीमा उक्त पूर्वाधार निर्माण भएको हो ।
त्यस अवसरमा सांसदहरू दीपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेललगायत वक्ताले बागलुङ बजारमा निर्मित सुविधासम्पन्न पूर्वाधारका माध्यमबाट स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्न सहज हुने बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend