काठमाडौं । आजबाट संसदको हिउँदे अधिवेसन सुरू हुँदैछ ।
जसअनुसार राष्ट्रियसभातर्फको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।
जसअनुसार राष्ट्रियसभा अध्यक्षले अधिवेसन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन भने राष्ट्रपति कार्यालयवाट र मन्त्रिपरिषद कार्यालयबाट मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
आजको बैठकमा बिधायन ब्यवस्थापन समितिका सभापति तुलसीकुमारी दाहालले मिडिया काउन्सिल बिधेयक २०८० सबन्धि र नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक २०८१ सबन्धि समितिको प्रतिवेदन पेश गर्नेछिन् ।
साथै,सुशासन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नेछन भने आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, नीजिकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्दी सबन्धी केही नेपाल ऐनलाइ संशोधन गर्ने अध्यादेश भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।
भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, र भूमि सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, अब्दुल हमिद सिद्दकी, पुर्व मन्त्री पिएल सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएकाे छ ।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend