काठमाडौं । आजबाट संसदको हिउँदे अधिवेसन सुरू हुँदैछ ।
जसअनुसार राष्ट्रियसभातर्फको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।
जसअनुसार राष्ट्रियसभा अध्यक्षले अधिवेसन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन भने राष्ट्रपति कार्यालयवाट र मन्त्रिपरिषद कार्यालयबाट मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
आजको बैठकमा बिधायन ब्यवस्थापन समितिका सभापति तुलसीकुमारी दाहालले मिडिया काउन्सिल बिधेयक २०८० सबन्धि र नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक २०८१ सबन्धि समितिको प्रतिवेदन पेश गर्नेछिन् ।
साथै,सुशासन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नेछन भने आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, नीजिकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्दी सबन्धी केही नेपाल ऐनलाइ संशोधन गर्ने अध्यादेश भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।
भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, र भूमि सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, अब्दुल हमिद सिद्दकी, पुर्व मन्त्री पिएल सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएकाे छ ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend