काठमाडौं – महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रनमात्र जोड्न सफल भएको थियो ।
नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।
उता, नेदरल्याण्डका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडेरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन् । यो जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ अंक जोडेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend