Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • वीरगञ्जमा एसपी मिश्रको आगमनसँगै तस्करहरुको भागाभाग


    बिहिबार, माघ १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगन्ज – देशकै मुख्य प्रवेशद्वार आर्थिक नगरी पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा एसपी गौतम मिश्रको आगमन संगै तस्कर तथा लागुऔषध कारोबारीहरु भागाभाग भएको छ।

    पर्सा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केही दिन भित्रै अबैध गाँजा खेती नष्ट गर्ने देखी बिभिन्न किसिमका तस्करी नियन्त्रणमा जोड दिइएको छ। मिश्रको आगमन पछि बिरगञ्ज लगायत सहरी क्षेत्रसंगै जिल्लाको ग्रामीण भेगमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीले तिब्रता दिएको छ।

    एसपी मिश्रको निर्देशनमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पटेर्वा सुगौली गाउँपालिका–२ फरकट्टी स्थित६ कठ्ठा जग्गामा लगाइएको तीन हजार दुई सय गाँजाको बिरुवा फडानी गरी तथा नष्ट गरेको छ। जगरनाथपुर गाउँपालिका– ४ मोर टोल स्थित अबैध बालुवा बोकेको प्र२-०३-००१त.४४३० नं।को बालुवा लोड ट्याक्टर र पटेर्वा सुगौली गाउँपालिका–४ करवोला चौक स्थित ना.४त.७०४२, प्र २-०३-००१त.५४१ नम्बरको ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारर्वाहीको दायरामा ल्याएको छ।

    त्यस्तै पर्सागढी नगरपालिका ३ स्थित झ्याङमा लुकाइएको सालको गोलिया ६ फिट लामो र अं. ४.५ गोलाईको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय वीरगंजले जनाएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार एसपी गौतम मिश्र केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय वीरगंजको कमाण्ड सम्हालेका थिए।

    उनी जिल्ला प्रहरी कार्यालय बारामा पनि डिएसपीको रुपमा काम गरिसकेका छन्। बारा संगै जोडिएको पर्सा जिल्लामा हुनेगरेको तस्करी तथा लागुऔषध कारोवार नियन्त्रणसंगै आपराधिक क्रियाकलाप न्यून गर्ने पहिलो प्राथिकतामा रहेको एसपी मिश्रले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार