वासिङ्टन – अमेरिकन एयरलाइन्सको एउटा विमान आकाशमै हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको फेडरल एभिएशन एडमिनिस्ट्रेसन ९एफएए०का अनुसार रिगन वासिङ्टन नेशनल एयरपोर्टनजिकै उक्त दुर्घटना भएको हो ।
उक्त विमान ल्याण्ड गर्न लाग्दा पोटोम्याक नदीमाथि हेलिकोप्टरसँग ठोक्किएको थियो । आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ ।
विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको अवस्थामा उक्त विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दुर्घटनाबारे आफूलाई पूर्ण रूपमा जानकारी गराइएको बताएका छन् ।
दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य सवार रहेको एफएएले जनाएको छ । दुर्घटनाबाट भएको हताहतको विवरण भने आइसकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend