काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीका लागि सहज भएको हो ।
नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागि खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजजीले पनि नेपाली र भारतीय तीर्थयात्रीहरूका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरिएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा आफ्नो परिवारसहित महाकुम्भमा सहभागी भएका छन् । उनका पिता संस्कृतका प्रकाण्ड विद्वान पण्डित गंगेश झा, माता बच्चीदेवी झा, पत्नी सोनी झा, छोरा बाल अभियानी आदित्य झा तथा अन्य परिवारका सदस्यहरू पनि उपस्थित छन् । जनकपुर युथ क्लबका पूर्वअध्यक्ष मनिष श्रीओम पनि उनीसँगै सहभागी रहेका छन् ।
युथ क्लबका पूर्वअध्यक्ष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए । तर उनले नेपालमा भने भारतीय पर्यटकहरूमाथि प्रहरीले कठोर व्यवहार गर्ने गरेको भन्दै गुनासो गरे । यसले भारतीय पर्यटकहरू नेपाल आउन डराउन थालेको उनले बताए ।
इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए । सेल्फ ड्राइभमा रहेका झाले नेपालका गाडीमा सवार यात्रीलाइलाई सम्मानका साथ जान दिने व्यवस्था देखिएको बताए ।
डा. राजीव झाले नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल–भारत सीमा पूर्ण रूपमा खुला राख्नुपर्ने र विवाह पञ्चमी, रामनवमी, परिक्रमा तथा महाशिवरात्रिजस्ता धार्मिक पर्वहरूको व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।
सरकारको नीति पर्यटकमैत्री र ‘अतिथि देवो भवः’ को भावना अनुरूप हुनुपर्ने उनको सुझाव थियो । नेपालको दुबै छिमेकी देशको ठूलो जनसंख्यामध्ये प्रत्येक वर्ष एक प्रतिशतलाई पनि नेपाल ल्याउन सकियो भने नेपाललाइ विश्वको धनी देशको लाइनमा उभ्याउन बेर लाग्दैन ।
धार्मिक र सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनबाट नेपालमा पर्यटन प्रवद्र्धन गर्न सकिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend