Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजतन्त्र फालेर गणतन्त्र ल्याउनेहरू नै देश डुबाउने हर्कतमा : डा.भट्टराई


    बुधबार, माघ १६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा गएपछि देशलाई डुबाउने हरकतमा लागेको बताएका छन् ।

    बुधबार काठमाडौँमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अहिले राजनीतिक परिवर्तन पछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमी कमजोरीहरू पत्ता लगाएर देशलाई समृद्ध बनाउने तर्फ केन्द्रित हुनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू हौँ हामी । तर तिनै मानिस सत्तामा जाँदा उही हर्कत गर्ने ? भ्रष्टाचार गर्ने ? अनेक काण्ड गरेर देशलाई डुबाउने रु हामी फेरी परिवर्तन ल्याउँछौँ । राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थाभित्र रहेका जुन कमी कमजोरीहरू छन् सुशासनको कुरामा केन्द्रीय भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौ ।’

    त्यस्तै उनले समाजवादी विद्यार्थी युनियनलाई अरू पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए । विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्तक्षेप नगरी स्वायत्तता बनाउने उनले प्रतिबद्धता जनाए ।

    राजनीतिक स्थिरता भयो, प्रत्यक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्यक्ष रूपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्‍याउन सकिने उनको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार