Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयक कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा


    बुधबार, माघ १६ २०८१
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयकलाई कांग्रेसले स्वीकार गर्न नसक्ने बताएका छन् ।
    महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक ल्याउँदै गर्दा दुई दलबीच गहन छलफल नभएको पनि बताएका छन् ।

    ‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ,’ शर्माले भने ।

    ‘अभिव्यक्ति स्वतन्त्रता र मर्म र मूल्यको सन्दर्भमा कांग्रेसको दृष्टिकोण यो विधेयकले प्रतिनिधित्व गर्दैन,’ शर्माले भने । शर्माले जनमत, सरोकार, नियमन गर्ने अरु विधिहरू ख्याल नै नगरी विधेयक ल्याउने कार्य भएको बताए ।

    फेक आइडी बनाउने, अमार्यादित ढंगले गाली गर्ने, अश्लिल सामग्री पोष्ट गर्ने नियन्त्रण गर्ने सन्दर्भमा भने आम नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताकै चाहना पनि रहेको पनि शर्माले बताए । उनले कतिपय विषयहरू प्रेस काउन्सिलले हेर्न मिल्ने पनि बताए ।

    कतिपयमा कारबाही प्रक्रिया फरक तरिकाले गर्न सकिनेमा फौजदारीमा तान्न खोजिएको प्रावधानहरूप्रति उनको आपत्ति छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार