काठमाडौँ – नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाले बहस पाइरहेका बेला सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले त्यो उचित नभएको जनाएका छन् ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सक्रिय राजनीतिमा आउनुलाई राम्रो नमानिने र एमालेले त्यो विषयमा कुनै छलफल नगरेको बताए ।
‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्था एमालेलेमा त्यो सम्भव मैले देख्दैन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’
पूर्वपरराष्ट्रमन्त्री रहेका नेता ज्ञवालीले देशकै सर्वोच्च पदमा पुगेका व्यक्ति दलको सक्रिय राजनीतिमा आउने कुरा आमनेपालीले चाहेको विषय नभएको उनले बताए । एमालेमा विद्या भण्डारी र माओवादीमा नन्दकिशोर पुन राजनीतिमा आउने गरी तयारी भएको विषय बाहिर आएको विषयमा एमालेको धारणाका बारेमा पत्रकारले सोधेको प्रश्नको ज्ञवालीले त्यसो भए गलत हुने जनाएका थिए ।
नेता ज्ञवालीले अहिले आएका अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताए । उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताए ।
माओवादी र नेता प्रचण्डप्रति लक्षित गर्दै नेता ज्ञवालीले अस्थिरतामा रमाएर बस्ने व्यक्ति र पार्टीका कारण समय आएको बताए । ‘देशमा अस्थिर बढाएर रमाउने दल, नेतालाई सबैले चिनेको अवस्था हो, अस्थिरता खेलाडीलाई छट्पटी देखिएको छ अहिलेको कामले, गठबन्धनमा समस्या आयो भनेर रमाउनेहरू पनि छन्, तर त्यो असम्भव कुरा हो’, उनले भने ।
नेता ज्ञवालीले अमेरिकी सरकारको पछिल्लो नीतिले त्यहाँबाट आउने सहायताका काम रोकिएको र यसले पछिसम्म पनि असर पार्ने बताए । ‘ट्रम्पको चुनावी घोषणामै केही यस्ता सहयोग कटाउने उल्लेख थियो, सुरक्षित मातृत्व र आप्रवासी नीतिमा पछिसम्म कडाइ नै हुन्छ,त्यसैले नेपालको अर्थव्यवस्थामा पनि यसले प्रभाव पार्न सक्छ’, उनले भने ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend