Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नेपाल प्रहरीमा डिएसपीको ७५ दरबन्दी रिक्त


    बुधबार, माघ १६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को ७५ दरबन्दी रिक्त भएका छन् ।

    गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै रिक्त डिएसपीको पदसंख्या ७५ पुगेको हो ।

    यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी रिक्त थिए । रिक्त डिएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको छ । अहिले डीएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा २०७० मा इन्सपेक्टरमा भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा छन् ।

    २०७० मा इन्सपेक्टरमा भर्ना भएका १४४ जनामध्ये यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै छन् । २०७० को ब्याचबाट यसअघि दुई लटमा डीएसपी बढुवा भइसकेको छ । पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार