विराटनगर – रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा एक भारतीयसहित पाँचजना पक्राउ परेका छन् । उनीहरुले विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीबाट क्यानडा पठाउने भन्दै ६६ लाख ६७ हजार ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा राखिएको विज्ञापनमा भरपर्दा बाबुछोरा महेशकुमार चौधरी र युपेशकुमार ठगिएका हुन् । ठगिएको थाहा पाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । यो समूहले ‘भिसा लाग्यो’ भन्दै विभिन्न व्यक्तिहरुको बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा भारत जोगबनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय रहेका छन् । ठगीका मुख्य योजनाकार भारतीय नागरिक यादव रहेको प्रहरीको भनाइ छ ।
ती गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर क्यानडा, युरोप, अमेरिका, कुबेत, दुबईलगायत देश पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने गरेको पाइएको डीएसपी जोशीले बताए । उनका अनुसार सामाजिक सञ्जालमार्फत जोडिएका व्यक्तिलाई विदेशी नम्बरको ह्वाटसप नम्बरबाट सम्पर्क गरी उनीहरुले ठगी गर्दै आएका थिए । उनीहरुविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend