काठमाडौं – भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाको घाटमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गएराति करिब साढे १ बजे मौनी अमावस्याको अवसरमा अमृत स्नान हुनु अगावै भागदौड मच्चिँएको हो ।
भागदौडमा परि धेरै जना घाइते भएको हुनसक्ने आकलन गरिएको छ । यद्यपि, प्रशासनले अहिलेसम्म मृतक र घाइतेको संख्या भने सार्वजनिक गरेको छैन । यो घटनापछि सतर्कता अपनाउन १३ वटा अखाडाले मौनी अमावस्या अर्थात् अमृत स्नान रद्द गरेको अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रशासनले मौनी अमावस्यामा शाही स्नानको अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन हुने अनुमान गरेको छ । यस घटनाका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत जानकारी लिएको बताइएको छ ।
सार्वजनिक भएको भिडियोमा घाइतेलाई अराइलको सेक्टर २४ मा रहेको उपकेन्द्रीय अस्पताल र मृतकलाई प्रयागराज मेडिकल कलेज लग्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीहरूका अनुसार अचानक भीडले अवरोध तोडेर मानिसहरूमाथि आक्रमण गरेको कारण भागदौड मच्चिएको हो ।
जनवरी १३ बाट सुरू भएको महाकुम्भ मेलामा ६ वटा शाही स्नान हुनेछ, जसमध्ये दुई पहिले नै भइसकेका छन् भने तेस्रो शाही स्नान आज बुधबार हुँदै छ । यद्यपि, अखाडाले आजको स्नान तत्कालका लागि स्थगित गरेको छ । महाकुम्भ सुरू भएदेखि आजसम्म १५ करोड श्रद्धालुले स्नान गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend