Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • तस्करको सेटिङ डीआईजीसम्म, भन्सारछलीका कपडा बोकेको गाडी राजस्वद्वारा बरामद


    मंगलबार, माघ १५ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशको मकवानपुर हुँदै भन्सारछलीका सामान काठमाडौंमा आउने गरेको खुलेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्णहरि शर्माले मकवानपुृरको राजमार्गमा रहेका चेकपोष्टमा काजमा ल्याएका प्रहरी खटाएर तस्करीको मालसामान सेटिङमा पार गराउँदैआएको आरोप लाग्दैआएको छ ।

    मंगलबार (आज) साँझ मकवानपुरको सिस्नेरी, फर्पिङ हुँदै उक्त गाडी काठमाडौंमा आएपछि राजस्वको टोलीले बरामद गरेको हो । ११७१ नम्बरको कपडा बोकेको पिकअप गाडी राजस्व अनुसन्धान बिभागको टोलीले  काठमाडौंमा बरामद गरेपछि तस्करीमा प्रहरीको संलग्नता पुष्टि भएको छ ।

    भारतबाट आएको उक्त तस्करीको कपडाको बारेमा बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्मालाई समयमै सूचना दिंदा पनि बरामद नगरी छाडिएपछि राजस्व अनुसन्धान बिभागले काठमाडौंमा समातेको स्रोतले बताएको छ । अरुण साह नामका ब्यापारीले मधेशदेखि बागमती प्रदेशका डीआईजीसम्म सेटिङ गरी निर्वाध रुपमा तस्करी गर्दैआएको स्रोत बताउँछ । डीआईजी शर्मालाई साहले मासिक रुपमा तोकिएको दस्तुर बुझाएर तस्करी गर्दैआएको आरोप छ । ब्यापारी साहले प्रहरीका हरेक युनिटहरुमा दररेट बुझाएर भन्सार छली गरी सामान काठमाडौं ल्याउने गरेका छन् ।

    प्रदेश प्रहरीका प्रमुख डीआईजी शर्मालाई सूचना दिंदा पनि तस्करीको कपडा बरामद नगरेपछि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पुल्चोकमै खबर गरेपछि गाडी समातिएको थियो । डीआईजी शर्माले राजमार्गमा राखेका रातमाटे चेकपोष्टका इन्चार्ज सई बृजकुमार चौधरी चितवनको लोथरका इन्चार्ज बरिष्ठ सई राजेश यादवले तस्करीको सामान बोकेका गाडीमात्र होइन, गाँजा तस्करी गर्नेहरुसँग सेटिङ गरेको समाचार आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा उनीहरुलाई तानेको छ ।

    रातमाटेबाट चौधरी रलोथरबाट यादव तानिए पनि रातमाटेमा हवल्दारहरु विनय चौधरी र मिथलेश चौधरीले डीआईजी शर्माको निर्देशनमा सेटिङ मिलाउने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार