Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आशिका तामाङलाई आज भक्तपुर अदालतमा पेस गरिँदै


    मंगलबार, माघ १५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो ।

    सोमबार अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा भएकी उनी हाल प्रहरी वृत्त जगतीको हिरासतमा छिन् । उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि उजुरी रहेकाले काठमाडौंबाट छुटेलगत्तै जगती लगिएको हो ।

    सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । भक्तपुरको साँगास्थित झोलुंगे पुलमा आशिकाले टिकट जलाएको, दररेटको पोस्टर च्यातेको, त्यहाँका कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार