Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उमागौरी सहकारी ठगी प्रकरण: अध्यक्ष रौनियार अदालतमा उपस्थित


    सोमबार, माघ १४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर – मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी मुद्दाका फरार अभियुक्त रहेका सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार अदालतमा उपस्थित भएका छन् । आज (सोमबार) दिउँसो उनी कानुन व्यवसायीलाई साथमा राखेर मोरङ अदालतमा उपस्थित भएका हुन् ।

    अहिले उनको मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान सुरु भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनको बयान आज नसकिएपछि भोली पनि बयान हुनेछ ।बयान सकिएपछि थुनछेक बहस सुरु हुने उनले बताए ।

    ठगी मुद्दामा रौनियारसहित २६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ । यो मुद्दामा रौनियारसहित पाँच जना अदालत उपस्थित भएका छन् । एक जना पुर्पक्षको लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा छुटेका छन् ।

    यसअघि अदालतले सहकारीका सञ्चालक रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाउँदा पूर्वसञ्चालक सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला र सन्तलाल खवासलाई भने धरौटीमा छाडेको छ ।

    बचतकर्ताहरूले जम्मा गरेको सहकारी संस्थाको जम्मा बिगो २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ २० पैसा आर्थिक हिनामिना गरेकोले सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिमको कार्य कसुर गरेकोले सजाय गरी पाउन समेतको मागदाबी लिई २६ जनाको विरुद्ध अभियोगपत्र दायर भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार