विराटनगर – मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी मुद्दाका फरार अभियुक्त रहेका सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार अदालतमा उपस्थित भएका छन् । आज (सोमबार) दिउँसो उनी कानुन व्यवसायीलाई साथमा राखेर मोरङ अदालतमा उपस्थित भएका हुन् ।
अहिले उनको मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान सुरु भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनको बयान आज नसकिएपछि भोली पनि बयान हुनेछ ।बयान सकिएपछि थुनछेक बहस सुरु हुने उनले बताए ।
ठगी मुद्दामा रौनियारसहित २६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ । यो मुद्दामा रौनियारसहित पाँच जना अदालत उपस्थित भएका छन् । एक जना पुर्पक्षको लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा छुटेका छन् ।
यसअघि अदालतले सहकारीका सञ्चालक रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाउँदा पूर्वसञ्चालक सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला र सन्तलाल खवासलाई भने धरौटीमा छाडेको छ ।
बचतकर्ताहरूले जम्मा गरेको सहकारी संस्थाको जम्मा बिगो २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ २० पैसा आर्थिक हिनामिना गरेकोले सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिमको कार्य कसुर गरेकोले सजाय गरी पाउन समेतको मागदाबी लिई २६ जनाको विरुद्ध अभियोगपत्र दायर भएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend