Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पाँच दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख


    सोमबार, माघ १४ २०८१
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – संसद्को हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ । माघ १८ गतेदेखि अधिवेशन सुरू हुँदैछ ।

    सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्दैछन् । आइतबार बिहान सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

    सभामुख घिमिरेका सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ । साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार