Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, माघ १४ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा २ सय रुपैयाँले घटेको सुनको भाउ आज सोमबार ३०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार