काठमाडौं – ललितपुरको मानभवनस्थित शुभ समृद्धि सहकारीको रकम ठगी प्रकरणमा सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा दायर भएको छ । बचतकर्ताको पाँच करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सहकारी सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १० माघमा मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुमा सहकारीका अध्यक्ष रामेछाप घर भएका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराई, सञ्चालक समिति सदस्य ३१ वर्षीय विकाश शिवाकोटी रहेका छन् ।
त्यस्तै ३१ वर्षीया भावना तिमल्सिना, ३७ वर्षीय केदारबाबु कटुवाल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षीय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत, अर्का सदस्य ३८ वर्षीया शर्मिला शाक्यविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनीहरुले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बनाइएका मध्ये कोषाध्यक्ष रमेशलाल भट्टराई यसअघि बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेको समेत खुलेको छ ।
७ माघ २०८० मा उनीविरुद्ध ललितपुरबाटै बैंकिङ कसुरको मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध २१ लाख ४० हजार बिगो भराउने, क्षतिपूर्ति वापत ८५ हजार ६०० रुपैयाँ पीडित राहत कोषमा भराउने र ५ दिनको कैद फैसला भएको थियो ।
प्रतिवादीहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्गर्तको ठगी गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको छ । जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी संहिताकै दफा २५४ बमोजिम क्षतिपूर्तिको समेत मागदाबी गरिएको छ । यो सहकारीविरुद्ध ४१ जनाले जाहेरी दिएका थिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend