Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुप्रिम सहकारी ठगी प्रकरण : रवितर्फका वकिलको बहस जारी


    आइतबार, माघ १३ २०८१
    845
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रबि लामिछानेको मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बिहीबार देखि सुरु भएको लामिछानेविरुद्धको बहस आज सकाउने तयारी रहेको छ ।

    सरकारी वकिलको तर्फवाट बहस सकिएको छ । लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएको हो । अहिले लामिछानेको तर्फवाट बरिष्ठ अधिबक्ता रमण श्रेष्ठले बहस सुरू गरेका छन् ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकारणमा पक्राउ परेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो दिन पछि हाजिरी जमानीमा रिहा भइरहेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहिवार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिदै आएको छ ।

    सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

    प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

    उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार