Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


    आइतबार, माघ १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले बुधबार दिउँसो १ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    सभामुखको सचिवालयका अनुसार बैठकमा माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

    आइतबार र सोमबार सत्तापक्ष र प्रतिपक्षका सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्न लागेका सभामुख घिमिरेले सोमबार प्रमुख पाँच दलका सचेतकहरूसँग सामूहिक छलफल गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार