Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी फर्केनन् जीवित


    आइतबार, माघ १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेका छन् ।

    शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन् ।

    ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो ।

    ‘अलग-अलग स्थानमा किशोरीको शव फेला परेको छ,’ अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले भने, ‘प्रहरी घटनास्थल पुगेको छ ।’

    शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली हिँडेको उनले बताए ।

    ‘अन्दाजी १४-१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ ।’

    भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए। बेलुका बाख्रा-पाठा घर फर्किए तर किशोरी फर्किएनन् ।

    शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो ।

    ‘गाउँलेले दुई जनाको शव फेला पारी पहिचान गरेपछि प्रहरीलाई खबर आएको थियो,’ भण्डारीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार