Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चार घाइते


    शनिबार, माघ १२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी – जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा सिगास-१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार