काठमाडौँ – आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै जोरपाटी वितरण केन्द्र, बुढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घण्टादेखि आठ घण्टासम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।
जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। यस्तै, बुढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
टोखा फिडर अन्तर्गतका हात्तिगौडा, बालुवा डीपो, खत्री गाउँ हुँदै विष्णुमती वारिपारी टोखा (वडा न : १, २ र ३ सबै क्षेत्र), भुतखेल, टोखा बजार, चण्डेश्वरी, पन्चेटार, झोर, साङ्ला तथा भत्केको पुलसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। शिवपुरी फिडर अन्तर्गत पर्ने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार एरियामा साँझसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै महाराजगन्ज वितरण केन्द्रको बसुन्धारा फिडर अन्तर्गतका बासबारी, चक्रपथ, सामाखुशी, टोखा रोड, ग्रान्डी अस्पताल क्षेत्रमा बिहान ९ देखि १० बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित काम तोकिएको समय अगाडि नै सम्पन्न भए अगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend