Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यु-१९ महिला विश्वकप: अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जित


    शुक्रबार, माघ ११ २०८१
    1.4K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं- आइसिसी महिला यु–१९ ट्वान्टी-२० विश्वकपको प्ले अफमा नेपालले सान्तवना जित हासिल गरेको छ । घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेर नेपालले सान्तवना जीत हासिल गरेको हो ।

    यस जीतसँगै नेपालले प्रतियोगिताको अन्त्यसमेत गरेको छ । जारी खेलमा मलेलिया भने जितविहिन रहदैँ बाहिरिएको छ। शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर शान्तवना जित हासिल गरेको हो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको थियो। नेपालले यसअघि बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएर अंक बिहिन हुँदै आज घरेलु टोली मलेसियासँग मैदानमा उत्रेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार