सुर्खेत – दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समितिले आजबाट नेतृत्व पाएका छन् ।
लेखा समितिको सभापतिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाल कम्युनिस्ट पार्टी एमाले की दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली काँग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् ।
कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले नवनिर्वाचित समितिका सभापतिहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रदेश मामिला समितिको सभापतिमा भने नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का प्रदेशसभा सदस्य कल्याणी खड्का निरन्तरता पाएकी छिन् ।
यसअघि लेखा समितिको सभापतिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापतिमा दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी रहेका थिए ।
लामो समयसम्म समिति नेतृत्वविहीन हुँदा सरकारका कामकारबाही निगरानी गर्नेदेखि समितिमा गएका विधेयकउपर छलफल हुन सकेको थिएन । अब भने उक्त समस्या टरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend